सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको पुनर्वास नगरपालिकामा राखिएन नागरिक वडापत्र

२०७९ साउन २९, १०:४३ खबर संवाददाता

धनगढी: कञ्चनपुरको पुनर्वास नगरपालिकामा नागरिक वडापत्र नराखिएको पाइएको छ। नगरपालिका कार्यालयको भवन बनेको करिब पाँच वर्ष पुग्दा समेत नागरिक वडापत्र नराखिएको पाइएको हो।

नागरिकहरुलाई सेवा प्रवाहमा कुनै कमी नहोस् र नागरिकहरु जवाफदेही बनुन् भन्ने उद्देश्यले कार्यालयको बाहिरपट्टि स्पष्ट रुपमा नागरिक वडापत्र राख्नुपर्ने नियम छ। नगरपालिकाले नागरिक वडापत्र राख्ने ठाउँमा विभिन्न गैरसरकारी संस्थाको आफ्नै जानकारीमूलक फ्ल्याक्स बोर्ड राखेको छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशसिंह ऐरीले वालमै लेख्ने भनेर तयारी पूरा भइसकेको र भवनकै वालमा प्रिन्ट गर्ने, नभए फ्ल्याक्स प्रिन्ट भए पनि केही दिनमै टाँस्ने उनले बताए।
 

कमेन्ट लोड गर्नुस