सुदूर नेपाललाई विश्वसँग जोड्दै

जोन्सन एन्ड जोन्सनले बेबी पाउडर उत्पादन र बिक्री बन्द गर्ने

२०७९ साउन २९, ०५:४१

एजेन्सी: जोन्सन एन्ड जोन्सनले अर्को वर्षदेखि बेबी पाउडर उत्पादन र बिक्री पूर्ण रूपमा बन्द गर्ने भएको छ। अमेरिकामा यो पाउडरको बिक्री बन्द गरेको दुई वर्षपछि हेल्थकेयर कम्पनीले यो निर्णय गरेको हो।

जोन्सन एन्ड जोन्सनले आफ्ना उत्पादनहरूमा एस्बेस्टोस प्रयोग गर्ने र त्यसले पाठेघरको क्यान्सर गराएको आरोप लगाउँदै महिलाहरूले कम्पनीविरुद्ध करिब ३८,००० मुद्दाहरू दायर गरेका छन्। तर कम्पनीले दशकौँको अनुसन्धानले आफ्ना उत्पादनहरू प्रयोग गर्न सुरक्षित रहेको देखाएको दाबी गरेको छ। कर्नस्टार्चमा आधारित पाउडर विश्वका विभिन्न देशमा बिक्री भइसकेको पनि कम्पनीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस