पारिवारिक विवादमा गोली चल्दा १० जनाको मृत्यु
२०७९ साउन २८, ०९:१७
काठमाडौंः मोन्टेनेग्रोको सेन्टिज सहरमा पारिवारिक विवादमा भएको आक्रमणमा १० जनाको मृत्यु भएको छ।
त्यहाँका अधिकारीहरूका अनुसार विवादपछि एक व्यक्तिले गोली चलाउँदा १० जनाको मृत्यु भएको हो भने केही घाइते भएका छन्।
बीबीसीका अनुसार पारिवारिक विवादका क्रममा एक ३४ वर्षीय बन्धुकधारीले एकै घरका तीन जनाको हत्या गरे। त्यसपछि उनले सोही हतियारको प्रयोग गरी स्थानीय सात जना व्यक्तिको हत्या गरेका छन्।
कमेन्ट लोड गर्नुस