सुदूर नेपाललाई विश्वसँग जोड्दै

पोखरी र हाइड्रो पावरको ड्याममा डुबेर ३ जनाको मृत्यु

२०७९ साउन २८, ०६:११ खबर संवाददाता

काठमाडौँ: सप्तरीमा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ। बोदेबर्साईन नगरपालिका–८ काचनस्थित पोखरीमा डुबेर सोही ठाउँकी ६ वर्षीया नन्दनी कुमारी दासको मृत्यु भएको हो।

पाल्पामा पनि एक बालकको पोखरीमा डुबेर मृत्यु भएको छ। रैनादेवी छहरा गाउँपालिका–१ साउनेस्थित डमराई पोखरीमा डुबेर सोही ठाउँ मामाघर आएका गुल्मी छत्रकोट गाउँपालिका–३ चोयघाका १४ वर्षीय मनोज रेग्मीको मृत्यु भएको हो।

त्यस्तै, ताप्लेजुङको पाथिभरा याङबरक गाउँपालिका–४ डुम्रिसेस्थित सिवानी हाइड्रो पावरको ड्याममा पौडी खेल्ने क्रममा डुबेर सोही ठाउँ बस्ने २१ वर्षीय रोशन तामाङको मृत्यु भएको छ।    

कमेन्ट लोड गर्नुस