पूर्वराष्ट्रपति ट्रम्पको निवासमा एफबीआईको छापा
एजेन्सी: अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडास्थित निवासमा एफबीआईले छापा मारेको छ। अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्पले ठूलो संख्यामा एफबीआईका एजेन्टहरू आएर आफ्नो निवासमा छापा मारेको बताएको जनाएका छन्।
उनीहरूले ट्रम्पकाे घरलाई नै नियन्त्रणमा लिएका छन्। एफबीआईले ट्रम्पको फ्लोरिडास्थित निवासमा छापा मार्दा पूर्वअमेरिकी राष्ट्रपति न्युयोर्कको ट्रम्प टावरमा रहेका बताइएको छ।