सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा एकैदिन भेटिए ७४ जना कोरोना संक्रमित 

२०७९ साउन २३, ०४:१९ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा एकैदिन ७४ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ। 

६९८ जनाको नमूना ऐन्टिजेन विधिबाट परीक्षण गर्दा ७४ जनामा संक्रमण फेला परेको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ। जसमध्ये भारतबाट भित्रिएकाहरु मात्रै ३१ जना रहेको कार्यालयले जनाएको छ।  भारतमा संक्रमितको संख्या बढेपछि सीमा नाका गड्डाचौकीमा कोरोना परीक्षण गर्दा ३१ जनामा कोरोना भेटिएको हो। 

यस्तै कृष्णपुर नगरपालिकामा १८, भीमदत्त नगरपालिकामा १४, दोधारा चाँदनीमा ८ र बेलौरीमा ३ जना संक्रमित फेला परेका छन्।
 

कमेन्ट लोड गर्नुस