सुदूर नेपाललाई विश्वसँग जोड्दै

फेरि बेपत्ता भए बैतडीका सुरेन्द्र 

२०७९ साउन २२, ०३:२० खबर संवाददाता

धनगढीः बैतडीका एक किशोर बेपत्ता भएका छन्। जिल्लाको सिगास गाउँपालिकास्थित वडानम्बर ८ लुपुडका महाबिर बोहराका १३ वर्षीय छोरा सुरेन्द्र बोहरा शनिबारदेखि बेपत्ता भएका हुन्। 

सुरेन्द्र घरबाटै बेपत्ता भएको उनका मामा मुकेश रावलले जानकारी दिए। रावलका अनुसार घरमा सुरेन्द्र हिजो दिउसो २ बजेबाट बेपत्ता भएका हुन्। अहिले स्थानीय र आफन्तले उनको खोजी गरिरहेका छन्। 

ती किशोर यसअघि पनि कैलालीमा बेपत्ता भएका थिए। उनी असार १९ मा कैलालीको घोडाघोडी नगरपालिका (सुखड) पिपल डाँडाबाट बेपत्ता भएका थिए। तर, खोजी गर्दा अत्तरियामा फेला परेका थिए। त्यसपछि उनलाई पहाडघर (बैतडी) लगिएको थियो। उनको मानसिक अवस्था अस्वस्थ रहेकाले पटकपटक बेपत्ता हुन लागेको आफन्तले बताएका छन्। 

कमेन्ट लोड गर्नुस