डडेल्धुरा अस्पतालको शिविरमा १०९ जनाको निशुल्क शल्यक्रिया
३७९ जनाले पाए उपचार
डडेल्धुराः डडेल्धुरा अस्पतालमा आयोजना भएको शिविरमा १ सय ९ जनाको निःशुल्क शल्यक्रिया गरिएको छ। सुषमा मेमोरियल अस्पताल काठमाडौंको प्राविधिक सहयोग, रुडुक डडेल्धुराको समन्वय र डडेल्धुरा अस्पतालको आयोजनामा भएको पाँच दिने निःशुल्क शिविरमा बर्न इन्ज्युरी (आगोले पोलेको) बाट पीडित १ सय ९ जनाको निःशुल्क शल्यक्रिया भएको हो।
शिविरमा ३ सय ७९ जनाको निःशुल्क स्वास्थ्य परीक्षणसमेत भएको अस्पतालले जानकारी दिएको छ। अस्पतालका अनुसार जटिल समस्या भएका ६० जनालाई थप उपचारका लागि काठमाडौँको सुषमा कोइराला मेमोरियल अस्पताल रेफर गरिएको छ। शिविरमा पहिचान भएका यी बिरामीको शल्यक्रिया निःशुल्क गरिने बताइएको छ। १७ गतेदेखि सुरु भएको शिविरको एक कार्यक्रमकाबीच आइतबार समापन गरिएको छ।