सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा कोरोना कोष स्थापना गरिने 

२०७९ साउन २२, १०:३० खबर संवाददाता

धनगढी: बैतडीमा कोरोना कोष स्थापना गरिने भएको छ। जिल्लामा पाँच लाख बराबरको कोष स्थापनाको गरिने भएको हो।

१० ओटा स्थानीय तह रहेको जिल्लाका प्रत्येक स्थानीय तहबाट ५० हजारका दरले जम्मा गरी पाँच लाख बराबरको कोष स्थापना गरिने प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए। केही दिन अगाडि बसेको विपद् व्यवस्थापन समितिको बैठकले कोरोना कोष स्थापना गर्ने निर्णय गरेको थियो।

कोरोना जोखिम नियन्त्रणका एवं सङ्क्रमितहरुलाई उपचारको दायरमा ल्याउन र सम्बन्धित ठाउँसम्म पुर्याउन सहयोग गर्ने उद्देश्यले कोरोना कोष स्थापना गर्न लागिएको बताइएको छ। हालसम्म बैतडीमा ३ हजार ३६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ भने १९ जनाको कारोनाकै कारण मृत्यु भइसकेको छ। 

कमेन्ट लोड गर्नुस