सुदूर नेपाललाई विश्वसँग जोड्दै

गाजामा इजरायली हवाई आक्रमणमा परी १५ जनाको मृत्यु, १२५ घाइते 

२०७९ साउन २२, ०५:५५

एजेन्सी: शनिबार दोस्रो दिन पनि इजरायली युद्धक विमानले गाजा पट्टीभरि सैन्य निशानामा प्रहार गरिरहँदा मृत्यु हुने प्यालेष्टिनी सर्वसाधारणको सङ्ख्या १५ पुगेको प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ। उक्त आक्रमणबाट १२५ जना घाइते भएका छन्।

उत्तरी गाजाको बेइट हनुनमा इजरायली युद्धक विमानबाट कारमाथि आक्रमण गर्दा शनिबार एक महिलाको मृत्यु भएको छ। इजरायली हवाई आक्रमणको दुई दिनमा १५ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पाँच वर्षीया बालिकासमेत अधिकांश ४० बर्ष मूनिका युवा रहेका गाजास्थित प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयले जेनेरेटर सञ्चालन गर्न आवश्यक इन्धनको अभावमा ७२ घण्टाभित्र आफ्नो चिकित्सा सेवा बन्द गर्न सक्ने चेतावनी पनि दिएको छ। मन्त्रालयका प्रवक्ता आश्राफ अल–किद्राले प्रेस सम्मेलन गर्दै भने, “घाइतेहरूका लागि आकस्मिक सेवा सुनिश्चित गर्न सबै अस्पतालहरूमा बहिरंग सेवा र निर्धारित केही शल्यक्रिया समेतलाई रोकिएको छ।” गाजामा औषधीको अवस्था वर्षौंपछि ‘सबै भन्दा खराब’ अभावबाट गुज्रिरहेको अल–किद्राले बताए। 

कमेन्ट लोड गर्नुस