सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीका ८ स्थानीय तह पहिराको उच्च जोखिममा

२०७९ साउन २१, ०३:५७ खबर संवाददाता

बैतडीः बैतडीका ८ ओटा स्थानीय तह पहिरोको उच्च जोखिममा रहेका छन्। जिल्लाको दशरथचन्द नगरपालिका, मेलौली नगरपालिका, पुरचौंडी नगरपालिका, पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका, सिगास गाउँपालिका, दोगडाकेदार गाउँपालिका र डिलाशैनी गाउँपालिका पहिरोको उच्च जोखिममा रहेका हुन्।

जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाले ८ ओटा स्थानीय तह पहिरोको उच्च जोखिममा रहेका देखाएको छ। जिल्लाको सुर्नया गाउँपालिका र पाटन नगरपालिका पहिरोको मध्यम जोखिममा रहेका छन्।

वर्षातको समयमा विपद्का घटना हुन सक्ने भएकाले सम्भावित दुर्घटनाबाट जोगिन आवश्यक उपाय अपनाउन जिल्ला प्रशासन कार्यालयले जोड दिएको छ।


 

कमेन्ट लोड गर्नुस