सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्थानीयका समस्या बुझ्न घर–घर पुग्दैछन् डिलाशैनीका जनप्रतिनिधि 

२०७९ साउन २१, ०६:२९ खबर संवाददाता

बैतडी: बैतडीको डिलाशैनी गाउँपालिकाका जनप्रतिनिधिहरुले घरदैलो अभियान थालेका छन्। स्थानीयहरुका समस्या बुझ्न र ती समस्याहरुको समाधानका लागि घरदैलो अभियान सुरु भएको डिलाशैनी गाउँपालिकाका प्रवक्ता यज्ञ भट्टले बताए। 

गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, विषयगत शाखाका प्रमुख र प्राविधिकसहितको टोली वडा वडामा पुग्न थालेका हो। हरेक वडामा तीन दिन बिताएर वडावासीका समस्याका बारेमा जानकारी लिने प्रवक्ता भट्टले बताए। 
 

कमेन्ट लोड गर्नुस