बैतडीमा एक पुरुष मृत फेला
बैतडी : बैतडीमा एक पुरुष मृत फेला परेका छन्। शुक्रबार सुर्नया गाउँपालिका- ७ पत्थरकोटका ३७ वर्षीय रघुबिर कुवँर सोही वडाको घङराड भन्ने स्थानमा मृत फेला परेका हुन्।
कुवँरको शव पोष्टमाटमको लागि स्वास्थ्य केन्द्र पाटनमा राखिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सुचना अधिकारी प्रहरी निरीक्षक लोकराज जोशीले बताए। बिहीबार घरबाट किनमेलका लागि नजिकैको चौथाली बजार जान्छु भनेर कुवँर घरबाट हिँडेका थिए।