सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा केआइसिंहको एक वडा कार्यालय बन्द, सेवाग्राही फर्किए

२०७९ साउन १९, ०४:१२ खबर संवाददाता

धनगढीः डोटीको केआइसिंह गाउँपालिकास्थित एक वडा कार्यालय दिउसै बन्द अवस्था रहेको छ। केआइसिंहको वडानम्बर-३ को कार्यालय बन्द अवस्थामा रहेको हो। 

सिफारिस बनाउन वडा कार्यालय पुगेका सो क्षेत्रका सेवाग्राही तारा ऐरले कार्यालय नै बन्द भएपछि घर फर्किएको जनाएका छन्, उनले सामाजिक संजालमा लेखेका छन्, ‘वडा कार्यालयमा सिफारिस लिन जाँदा कार्यालय बन्द छ। आज के को बिदा मनाउदै हुनुहुन्छ ? न  कुनै जनप्रतिनिधि, न कुनै कर्मचारी। कार्यालयमा ताल्चा लगाइएको छ। जनतालाई सुविधा दिनुको सट्टा दुख दिने आफ्नो मनोमानी गर्ने ? यो कुरा छानविन होस्, यो मेरो अनुरोध होसियार।’ यस्तै अन्य सेवाग्राहीहरुले पनि वडाको काम केही दिनदेखि प्रभावित भैरहेको बताएका छन्। 

यस विषयमा वडाध्यक्ष रामबहादुर कुँवरसँग बुझ्दा उनले सचिव बिदामा भएकाले कार्यालय बन्द भएको बताए। सचिव तापसिंह बुढामगरकी छोरी विरामी भएर काठमाडौं गएको र २ हप्तादेखि कामकाज प्रभावित भएको उनले बताए। 
 

कमेन्ट लोड गर्नुस