डोटीका युवक डडेल्धुरामा बेपत्ता
२०७९ साउन १९, १२:४९
धनगढीः डडेल्धुरामा डोटीका एक युवक बेपत्ता भएका छ्न्। डोटीको शिखर नगरपालिका घर भएका लामो समयदेखि डडेल्धुरास्थित अस्पताल रोडमा बस्दै आएका युवक बेपत्ता भएका हुन्।
आफन्तका अनुसार २८ वर्षीय चेतराज पन्त बुधबार दिउँसोबाट बेपत्ता भएका हुन्। पन्तको अहिले खोजी भैरहेको प्रहरीले जनाएको छ।
कमेन्ट लोड गर्नुस