सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुला–तिंकर सडकका लागि विष्फोटक पदार्थ पाईएपछि कामले गति लिदै

कडा चट्टान भएको क्षेत्रमा विष्फोट गराएर काम सुरु

२०७५ फाल्गुन १५, ११:२९ खबर संवाददाता

त्रिदेशीय सीमा जोड्ने दार्चुला–तिंकर सडक खण्डको निर्माणमा विष्फोटक पदार्थ पाईएपछि कामले गति लिन थालेको छ । केही महिनादेखि विष्फोटक पदार्थको अभावले निर्माणको काम प्रभावित भएकोमा त्यो ल्याईएपछि चट्टानमा विष्फोट गराउने काम सुरु भएको छ । दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर ३ राताकाठामा विष्फोट गराए सडक निर्माणको काम भईरहेको हो । त्यसैगरी अर्को स्थानमा विष्फोट गराउनुपर्नेमा त्यहाँ भने विष्फोट गराउने सेनाको टोलीलाई बसोबासको प्रबन्ध मिलाउन नसक्दा त्यहाँ भने काम सुरु हुन सकेको छैन् । दार्चुला–तिंकर सडक खण्डमा ट्रयाक खोल्ने काम पनि जारी रहेको छ। 

सरकारको वार्षिक विकास कार्यक्रममा अहिलेसम्म भेटिएका मध्ये सबैभन्दा पुरानो तर सम्पन्न नभएको आयोजना महाकाली करिडोर (ब्रह्मदेव–झुलाघाट–दार्चुला–टिंकर) हो । ब्रह्मदेवदेखि तिंकरसम्मको कुल ४ सय ३० किलोमिटर लम्बाइको यो सडक आर्थिक वर्ष ०४१÷४२ बाट सुरु गरिएको हो । कतिबेला बन्द, हडताल त कतिबेला ठेकेदारको लापरवाहीले दार्चुलामा सञ्चालित चालु योजनाले खासै गति लिन सकेको छैन । तर विष्फोटक पदार्थको अभावले अगाडी बढ्न नसकेको काम थालिएको छ । 

योजना सुरु भएको दार्चुला–तिंकर सडक चालु आर्थिक बर्षमा सम्पन्न हुनुपर्नेमा निर्माण कार्य प्रभावित हुँदै आएकोमा अहिले आएर विष्फोटक पदार्थ आएपछि निर्माणको काम थालिएको छ । कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुला हँुदै तिंकर जोड्ने यस सडकको नाम महाकाली करिडोर राखिएपछि निर्माणको अवधि २०७९ सम्म राखिएको छ । तर त्यो समयमा पनि निर्माणको काम सकिने अवस्था नरहेका वेला रोकिएको निर्माणको काम विष्फोटक पदार्थ आएपछि सुरु भएको हो । दुई सातादेखि कडा चट्टान फोड्नका लागि विष्फोटन गराउने काम भईरहेको सडक आयोजनाका ईन्जिनियर दिनेश रौखलाले बताए । 

बझाङको कालङगाड जलविद्युत आयोजनाबाट ९ हजार ३ सय किलो विष्फोटक पदार्थ ल्याईएको छ । आर्थिक वर्ष ०६५÷६६ बाट निर्माण सुरु भएको यस सडकमा अहिलेसम्म २५ किलोमिटर मात्रै ट्रयाक खुलेको छ । दार्चुला सदरमुकाम खलंगादेखि तिंकर भञ्ज्याङसम्मको १३५ किलोमिटर लम्बाईको सडकको २० किलोमिटर चालु आर्थिक बर्षमा ट्रयाक खोल्ने काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ । अहिलेसम्म १२÷१३ किलोमिटरमा ट्रयाक खोलिसकेको आयोजनाले जनाएको छ । चालु आर्थिक बर्षमा सडकको काम गर्नका लागि ३० करोड बजेट छुट्टाईएको छ । डडेल्धुरा, बैतडी र दार्चुलाका विभिन्न ठाउँमा ठेक्का सम्झौता भएपनि अहिले बैतडी र दार्चुलामा सडक निर्माणको कार्य चलिरहेको दार्चुला–तिंकर सडक योजनाले जनाएको छ । ४ सय २० किलोमिटर लम्बाईको महाकाली करिडोर ब्रहमदेव–झुलाघाट–दार्चुला–तिंकर सडकमा ८८ किलोमिटर र ६५ किलोमिटर तिंकर सडकमा ट्रयाक खोल्नका लागि ठेक्का सम्झौता भएर काम भईरहेको छ । 

करिब साढे तीन दशकअघि सुरु हुने भनिएको महाकाली करिडोरको दुई वर्ष अघिबाट मात्र निर्माण कार्य सुरु भएको थियो । दशकदेखि निर्माण भइरहेको दार्चुला–तिंकर सडक आयोजनो निर्माणको काम भएपनि कामको गति भने सुस्त नै रहेको छ । दुई बर्ष अगाडी वर्षदेखि कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुला हँुदै तिंकर जोड्ने यस सडकको नाम महाकाली करिडोर राखिएको थियो । आर्थिक वर्ष ०६५÷६६ बाट निर्माण सुरु भएको यस सडकमा अहिलेसम्म २५ किलोमिटर मात्रै ट्याक खुलेको छ । दार्चुला सदरमुकाम खलंगादेखि तिंकर भञ्ज्याङसम्मको १३० किलोमिटर लम्बाइको सडकको ४० किलोमिटर अगाडीको ठेक्काको काम भईरहेको छ । सडकको ट्रयाक खोल्ने काम र पुल निर्माणको काम भईरहेको  तिंकर सडक आयोजनाका ईन्जिनियर दिनेश रैखोलाले बताए । 
 

कमेन्ट लोड गर्नुस