सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा कोरोना कोष स्थापना गरिँदै

२०७९ साउन १८, ०१:४९ खबर संवाददाता

बैतडीः बैतडीमा कोरोना जोखिम नियन्त्रणका लागि कोष स्थापना गरिने भएको छ। १० स्थानीय तह रहेको बैतडीमा प्रत्येक स्थानीय तहबाट ५० हजार रुपैयाँका दरले जम्मा गरी ५ लाख बराबरको कोष स्थापना हुने प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए। 

आइतबार बसेको विपद् व्यवस्थापन समितिको बैठकमा उक्त निर्णय भएको उनले बताए। बैतडीमा ७ जना कोरोनाका बिरामी रहेका छन्। एक जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने अन्य छ जना आइसोलेसनमा रहेका छन्। 


 

कमेन्ट लोड गर्नुस