बैतडीका ८ स्थानीय तह पहिरोको उच्च जोखिममा
बैतडी: बैतडीका ८ ओटा स्थानीय तह पहिरोको उच्च जोखिममा रहेको पाइएको छ। जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाले ८ ओटा स्थानीय तह पहिरोको उच्च जोखिममा रहेका देखाएको छ।
दशरथचन्द नगरपालिका, मेलौली नगरपालिका, पुरचौंडी नगरपालिका, पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिका पहिरोको उच्च जोखिममा रहेका छन्। यस्तै सिगास गाउँपालिका, दोगडाकेदार गाउँपालिका र डिलाशैनी गाउँपालिका पनि पहिरोको उच्च जोखिममा रहेका जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए।
यस्तै सिगास गाउँपालिका, दोगडाकेदार र डिलाशैनी गाउँपालिकामा अन्य तहको तुलनामा बाढीको जोखिम बढीरहेको बताइएको छ।