धनगढीमा विद्युत मिटर पाउन ६ महिना कुर्नुपर्ने बाध्यता
नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रको सेवा प्रभावकारी हुन नसकेको सेवाग्राहीले गुनासो गरेका छन्। अनलाईन प्रणाली सुरु भएपछि महसुल तिर्न केहि सहज भएपनि अन्य समस्या भने कायमै रहेको सेवाग्राहीले गुनासो गरेका हुन्। नागरिकको प्रत्येक्ष सरोकार रहने विद्युत कार्यालयमा सेवा प्रभावकारी बनाउन पनि उदासिनता देखिएको छ।
महसुल तिर्नको लागि अनलाईन प्रणाली र विभिन्न स्थानमा शाखा कार्यालय स्थापना गरेपनि धेरैलाई अनलाईनबाट तिर्न नआउने र सबै स्थानमा शाखा कार्यालय स्थापना नहुदा समस्या हुने गरेको छ। विकास निर्माणका कार्यहरु चलिरहेको स्थानमा पनि विद्युत प्रभावित भईरहेको छ तर तत्कालै समस्या समाधन नहुने समस्या रहेको छ। नयाँ विद्युत जडान गर्नको लागि त सेवाग्राहीलाई फलामको चिउचा चपाए जस्तै हुने गरेको छ। सेवाग्राहीले विद्युतको मिटर पाउनपनि ६ महिना कुर्नुपर्ने बाध्यता रहेको गुनासो गरेका छन्।