डडेल्धुरा अस्पतालमा ५ दिने निःशुल्क शल्यक्रिया शिविर
डडेल्धुरा: डडेल्धुरामा ५ दिने निःशुल्क शल्यक्रिया शिविर सञ्चालन गरिएको छ। सुष्मा मेमोरियल अस्पताल काठमाडौंको प्राविधिक सहयोग, रुडुक डडेल्धुराको समन्वय र डडेल्धुरा अस्पतालको आयोजनामा पाँच दिने निःशुल्क शिविर सञ्चालन भएको हो।
शिविरको एक समारोहकाबीच मंगलबार प्रदेशका सामाजिक विकासमन्त्री गोविन्दराज बोहोराले उद्घाटन गरेका छन्। उक्त अवसरमा बोल्दै मन्त्री बोहराले प्रदेश सरकारले स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए।
उनले सडक निर्माणलगायतका काम एकवर्ष ढिला भए पनि केही नहुने तर, स्वास्थ्य उपचार नपाए मानिसले ज्यान गुमाउनुपर्ने अवस्था भइकाले प्रदेश सरकारले स्वास्थ्यलाई प्राथमिकतामा राखेको दाबी गरे।
निःशुल्क शिविरमा आगोले पोलेका, ओठ, तालु फाटेकाहरुको शल्यक्रिया गरिने जनाइएको छ।