बैतडीको दोगडाकेदारमा विद्युत अवरुद्ध
बैतडीः बैतडीको दोगडाकेदार गाउँपालिकामा विद्युत सेवा अवरुद्ध भएको छ। दोगडाकेदारको वडा नम्बर ५ मा एक सातादेखि विद्युत अवरुद्ध भएको हो।
लामो समयसम्म विद्युत सेवा अवरुद्ध हुँदा सेवाग्राही समस्यामा परेका छन्। नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रको लापरबाहीका कारण कारण समयमा विद्युत सेवा सुचारु नभएको सेवाग्राहीको गुनासो छ। विद्युतको कार्यालय बैतडीले भने चट्याङले ट्रान्सफर्मरमा क्षति भएको र विद्युत सेवा नियमित गर्न केहीँ समय लाग्ने जनाएको छ।