नेपालमा कोरोनाको ग्राफ बढ्दो, एकै दिन ६ सय २० जनामा पुष्टि
२०७९ साउन १५, ०७:३३
काठमाडौँः नेपालमा एकै दिन ६ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। २ हजार ६५१ पीसीआरमा ४९६ र ३ हजार १९५ एन्टीजेन परीक्षणमा १२४ जना संक्रमित फेला परेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा २९७ जना संक्रमणमुक्त भएका छन्। हालसम्म सक्रिय संक्रमितको संख्या ४ हजार ५६७ पुगेको मन्त्रालयले जनाएको छ। २४ घण्टामा २५ हजार ४३६ जनाले खोप लगाएका छन्।
कमेन्ट लोड गर्नुस