अर्थमन्त्रीमा पुनः जनार्दन शर्मा नै नियुक्त हुने
काठमाडौं: अर्थमन्त्रीमा पुनः जनार्दन शर्मा नियुक्त हुने भएका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई नै अर्थमन्त्री नियुक्त गर्न सिफारिस गरेका छन्।
स्रोतका अनुसार शर्माको सपथको तयारी भइरहेको छ। संसदीय छानविन समितिले शर्मालाई क्लिन चिट दिएसँगै उनी अर्थमन्त्रीको रुपमा फर्किने पक्का भएको हो।
संसदीय विशेष छानविन समिति गठन भएपछि शर्माले असार २२ गते पदबाट राजीनामा दिएका थिए। शर्मालाई अर्थमन्त्री बनाउने देउवाले चाहना राखेपछि उनले मन्त्री क्वार्टडसमेत छोडेका छैनन्।