नागरिकता विधेयकको विरोधमा राँको बालेर एक्लै उत्रिए बैतडीका ऐर
धनगढीः बैतडीमा नेकपा एमालेका नेता मानबहादुर ऐरले नागरिकता विधेयकको विरोधमा प्रदर्शन गरेका छन्। खोडपे बजारमा राँको बालेर उनले प्रदर्शन गरेका हुन्। बजार परिक्रमा गर्दै उनले ‘राष्ट्रघाती नागरिकता विधेयक खारेज गर, देश बेच्न पाइँदैन’ लगायतका नारा लगाएका थिए। गठबन्धन सरकारले नेपालको अस्तित्व संकटमा पार्ने काम गरेको भन्दै विरोधमा उत्रिएको ऐरले बताए।
प्रतिनिधिसभाले नेपाल नागरिकता पहिलो संशोधन २०७९ पारित गरेको थियो। राष्ट्रिय सभाबाट पनि पारित भएको उक्त विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण हुन बाँकी छ।