सुदूर नेपाललाई विश्वसँग जोड्दै

सिभिल बैंकलाई निसर्ग हस्पिटलमा स्वास्थ्य सेवामा छुट

२०७९ साउन १२, १०:४७ खबर संवाददाता

धनगढीः धनगढीमा रहेको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि. ले सिभिल बैंक लिमिटेडलाई स्वास्थ्य सेवामा विशेष छुट दिने भएको छ। सम्झौताअनुसार अस्पतालबाट कुनै पनि सेवा लिने बैंकका ग्राहकहरुले विशेष छुट पाउनेछन्।

निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिका अध्यक्ष तिर्थराज पन्त तथा सिभिल बैंकका प्रदेश प्रमुख दीपक जोशी र शाखा अधिकृत संजोक भट्टले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए।

निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य उपचार सेवा प्रदायक निसर्ग हस्पिटलले आफ्नो व्यापार प्रवर्द्धन नीतिअनुसार विभिन्न संघ संस्थाहरुसँग कर्मचारी तथा परिवारजनका लागि सरलिकृत सेवा दिने र शुल्कमा विशेष छुट उपलब्ध गराउने सम्झौता गरी सोहि अनुरुप सेवा उपलब्ध गराउँदै आएको छ।

कमेन्ट लोड गर्नुस