सुदूर नेपाललाई विश्वसँग जोड्दै

देशभर एकैदिन थप ७१० जनामा कोरोना संक्रमण पुष्टि

२०७९ साउन १२, ०८:२८ खबर संवाददाता

काठमाडौंः देशभर एकैदिन थप ७१० जनामा कोरोना संक्रमण पुष्टि भएका छन्। पछिल्लो २४ घण्टामा देशभर ५ हजार २५ नमुना परीक्षण गर्दा  ७१० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  २ हजार ५४१ जनाको पीसीआर परीक्षण गर्दा ५२४ जना र २ हजार ४८४ जनाको एन्टिजेन परीक्षण गर्दा १८६ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४ हजार २३६ पुगेको छ। जसमध्‍ये ४ हजार ८० जना होम आइसोलेसनमा रहेका छन् भने १५६ जना संस्थागत आइसोलेसन र ३३ जना आईसीयूमा छन्। यस्तै कोरोनाका कारण आजै २ जनाको मृत्यु भएको छ। ३ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ।


 

कमेन्ट लोड गर्नुस