सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटी जीप दुर्घटना अपडेटः ज्यान गुमाउनेको संख्या ५ पुग्यो

२०७५ वैशाख ९, १०:४८

डोटीमा शनिवार दिउँसो भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । ईलाका प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायव निरिक्षक दिलवहादुर कुँवरका अनुसार मृत्यु हुनेमा शिखरनगरपालिका– ८ लाटामाडौंकी ३५ वर्षीया झाकरी भुल र सोही  नगरपालिका–३ की २८ वर्षीया धौलीदेवी भुल रहेकीछिन्। धौलीको नेपालगञ्ज र झाकरीको धनगढी स्थित सेती अञ्चल अस्पतालमा शनिवार राती उपचारका क्रममा ज्यान गएको प्रहरी नायव निरिक्षक कुँवरले बताए। शनिबार दिउँसो घटनास्थलमा नै तीन जनाको ज्यान गएको थियो भने १६ जना गम्भीर घाइते भएका थिए । मृतकहरुको शव अहिले दिपायल ल्याउने तयारी भैरहेको प्रहरीले जनाएको छ । शैलेश्वरी अस्पतालमा उपचार भईरहेका गम्भीर घाईतेमध्ये ७ जनालाई थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज रेफर गर्ने तयारी भईरहेको प्रहरीले जनाएको छ । शनिबार दिउँसो दिपायलबाट शिखर नगरपालिका–३ जोरागाउ जान लागेको ग १ ज ५२७५ नम्वरको वोलेरो जीप दुर्घटना भएको थियो ।
 

कमेन्ट लोड गर्नुस