धनगढीका तीन स्वास्थ्य संस्थाले मेघा बैंकका सेवाग्राहीलाई छुट दिने
२०७९ साउन १०, ०५:५१
धनगढी: मेघा बैंकको धनगढी शाखाले तीन स्वास्थ्य संस्थासँग समझौता गरेको छ। मंगलबार धनगढीस्थित ३ स्वास्थ्य संस्थासँग बैंकले आफ्ना सेवाग्राही र कर्मचारीलाई छुट प्रदान गर्ने सम्झौता गरेको हो।
बैंकका अनुसार धनगढीको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर, पदमा अस्पताल र सम्वृद्धि डेन्टल क्लिनिकसँग सम्झौता गरिएको हो। उक्त संस्थाहरुले बैंकका सेवाग्राहीलाई स्वास्थ्य सेवामा छुट दिने बताइएको छ।
कमेन्ट लोड गर्नुस