सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीका बलात्कार आरोपी वडाअध्यक्ष कारागार चलान

२०७९ साउन १०, १२:३३ खबर संवाददाता

बैतडी: बलात्कारको आरोपमा बैतडीको मेलौली नगरपालिका १ का वडाअध्यक्ष शरदसिंह नेगीलाई कारागार चलान गरिएको छ।  जिल्ला अदालत बैतडीका न्यायाधीश तिलकबहादुर कार्कीको एकल इजलासले नेगीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो।  

२८ वर्षीया महिलालाई गत २०७८ चैत्र १५ गते बलात्कार गरेको आरोपमा वडाअध्यक्ष नेगीसंगै  सोही ठाउँका केशवसिंह नेगीलाई असार १४ गते पक्राउ गरिएको थियो।

वडाअध्यक्ष नेगीसंगै  सोही ठाउँका केशवसिंह नेगीलाई पनि पुर्पक्षका लागि  कारागार चलान गरिएको बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।  पीडित महिलाले दिएको उजुरीको आधारमा उनीहरु दुवैजनालाई पक्राउ गरेको हो। 


 

कमेन्ट लोड गर्नुस