सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको सिगासका जनप्रतिनिधिले एकै वर्षमा खाए २३ लाख बढीको खाना 

२०७९ साउन ९, ०६:२३ खबर संवाददाता

धनगढीः बैतडीको सिगास गाउँपालिकाका जनप्रतिनिधिले एक वर्षमा २३ लाख बढी खाना तथा विविध शिर्षकमा खर्च गरेका छन्। महालेखापरीक्षको प्रतिवेदन २०७९ अनुसार आर्थिक वर्ष २०७७/०७८ मा सिगासका जनप्रतिनिधिले खाना र विविध भनेर २३ लाख २८ हजार खर्च गरेका हुन्। 

यस्तै स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ७१ बमोजिम व्ययको बजेट अनुमान आन्तरिक आयको परिधिभित्र रहेर औचित्यताको आधारमा विविध खर्च गर्नुपर्ने व्यवस्था रहेको महालेखापरीक्षको कार्यालयले जनाएको छ। 

कमेन्ट लोड गर्नुस