बैतडीको पुरचौंडीमा झण्डै ६ करोड पेस्की, १२ करोड बढी बेरुजु
धनगढीः बैतडीको पुरचौंडी नगरपालिकामा ५ करोड ९४ लाख ६२ हजार पेस्की बाँकी रहेको देखिएको छ। नगरपालिकाको हालसम्मको अध्यावधिक बेरुजु १२ करोड नाँघेको छ। महालेखापरीक्षको प्रतिवेदन २०७९ अनुसार आर्थिक वर्ष २०७७र०७८ को बेजेट कार्यान्वयन गर्दा लेखापरीक्षणबाट ८ करोड २९ लाख ६९ हजार बेरुजु देखिएको छ। सो मध्ये असुल गर्नुपर्ने १६ लाख ७९ हजार ८३ हजार रहेको छ। यस्तै प्रमाण तथा कागजात पेश गर्नुपर्ने १ करोड ८९ लाख ५६ हजार छ भने नियमित गर्नुपर्ने २८ लाख ७२ हजार छ।
पुरचौंडी नगरपालिकाको गत वर्षसम्म ७ करोड ६१ लाख १९ हजार बेरुजु बाँकी रहेकोमा यस वर्ष समायोजन र सम्परीक्षकबाट फर्छयौट एवं यो वर्ष कायम भएको बेरुजुसमेत हालसम्मको अध्यावधिक बेरुजु १२ करोड ४१लाख १९ हजार रहेको छ।