सुदूर नेपाललाई विश्वसँग जोड्दै

बोलन्या थली डडेल्धुराले प्रधानमन्त्रीलाई बुझायो १० हजार हस्ताक्षरसहित ज्ञापन पत्र 

२०७९ साउन ९, ०३:०९ खबर संवाददाता

धनगढीः बोलन्या थलीको डडेल्धुरा युनिटले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ। डडेल्धुरा युनिटले ३ बुँदे माग राख्दै सोमबार प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापन पत्र बुझाएको हो। ज्ञापन पत्रसँगै प्रधानमन्त्री देउवालाई १० हजार डडेल्धुरी जनताका हस्ताक्षरसमेत बुझाइएको छ।

ज्ञापन पत्रमा डडेल्धुरामा विमानस्थल निर्माण, जिल्ला सदरमुकामको सडक विस्तार र महाभारत केवलकारको सम्भाव्यता अध्ययनको माग गरिएको छ। डडेल्धुरा प्रधानमन्त्री देउवाको गृह जिल्लासमेत हो। 

कमेन्ट लोड गर्नुस