सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

२०७९ साउन ८, १२:१३ खबर संवाददाता

काठमाडौंः आइतबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। सुनको मूल्य प्रतिकिलो ५ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। आज छापावाल सुनको मूल्य तोलामा ९४ हजार ५ सय रुपैयाँ तोकिएको छ। यस्तै तेजावी सुनको मूल्य ९४ हजार रुपैयाँ छ। गत शुक्रबार छापावाल सुनको मूल्य ९४ हजार रुपैयाँ, तेजावी सुनको मूल्य ९३ हजार ५ सय रुपैयाँ थियो।

आज चाँदीको मूल्य प्रतितोला ११ सय ५५ रुपैयाँ छ। गत शुक्रबार चाँदी प्रतितोला ११ सय ६५ रुपैयाँमा खरिद बिक्री भएको थियो।

कमेन्ट लोड गर्नुस