बैतडीमा ट्राफिक नियम उल्लंघन गर्ने ३८ सय बढी सवारीसाधन कारबाहीमा
बैतडी: बैतडी बैतडीमा ट्राफिक प्रहरीले ३८ सय बढी सवारी साधनहरुलाई कारबाही गरेको छ। आर्थिक वर्ष २०७८/७९ मा जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीले ट्राफिक नियम उल्लंघन गर्ने ३ हजार ८ सय २६ सवारी साधनहरुहरुलाई कारबाही गरेको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीका प्रमुख राम सिंह भण्डारीका अनुसार ट्राफिक नियम उल्लंघन गर्ने ४ सय १५ ट्रक/ट्याङ्कर, ६४ बष, २ हजार ९३ जीप कार र भ्यान कारबाहीमा परेका छन्। यस्तै ३ सय २ ट्याक्टर, ७ सय ७२ मोटर साइकल र १ सय ४०ओटा अन्य सवारीसाधन कारबाहीमा परेका ट्राफिक प्रमुख भण्डारीले बताए।
सवारीसाधन चलाउँदा सवारी चालक अनुमति पत्र (लाइसेन्स) नभएका, सिट बेल्ट तथा हेलमेट नलगाउने, मादकपर्दाथ सेवन गरेका, क्षमता भन्दा धेरै यात्रु बोक्ने ,तीव्रगति लगायतका नेपाल सरकारले तोकेको सवारी नियम उल्लंघन गर्ने सवारी साधनहरु कारबाहीमा परेका बताइएको छ।
यस्तै कारबाहीमा परेका सवारीसाधनबाट २१ लाख १८ हजार राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीले जनाएको छ।