सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालले धनगढीमा यसरी मनायो वार्षिकोत्सव 

२०७९ साउन ६, ०५:२० खबर संवाददाता

धनगढीः राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको सुदूरपश्चिम प्रदेश कमिटीले आफ्नो ३३औं वार्षिकोत्सव मनाएको छ। शुक्रबार धनगढीमा विभिन्न कार्यक्रमहरु गरेर राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको सुदूरपश्चिम प्रदेश कमिटीले वार्षिकोत्सव मनाएको हो। 

वार्षिकोत्सवको अवसरमा राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालले धनगढीको प्रसिद्ध धार्मिकस्थल शिवपुरी धामलाई बेन्च प्रदान गरेको राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघका प्रदेश संयोजक राजेन्द्र बिष्टले बताए। भक्तजन तथा अन्य शिवपुरीमा आउनेहरुलाई बस्न सजिलो होस् भनेर बेन्च प्रदान गरिएको उनले बताए। 

यस्तै वार्षिकोत्सवको अवसरमा चियापान कार्यक्रम पनि राखिएको थियो।

कमेन्ट लोड गर्नुस