सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराकी महिलाले बाटोमै जन्माइन् बच्चा

२०७९ साउन ५, ०७:५३ खबर संवाददाता

बाजुराः बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका १ मुक्तिकोटकी एक महिलाले बाटोमै सन्तानलाई जन्म दिएकी छन्। गाउँपालिकाको वडा नम्बर २ मा रहेको माझगाउँ स्वास्थ्य इकाइ केन्द्रमा स्वास्थ्यकर्मी नहुँदा ३५ वर्षकी कार्तिका बिकले बाटोमा बच्चा जन्माएकी हुन्।

सुत्केरी व्यथा लाग्ने बित्तिकै आफन्तले गाउँबाट एक घण्टा भन्दा बढीको दुरीमा रहेको स्वास्थ्य केन्द्रमा लगेका थिए। पछि त्यहाँ स्वास्थ्यकर्मी नहुँदा उनलाई फिर्ता ल्याइएको थियो।

घरमा ल्याउँदै गर्दा ताहाडा खोला नजिकै उनले बाटोमा छोरा जन्माएको स्थानीयले बताएका छन्। स्वास्थ्य केन्द्रमा रहेका कर्मचारी सबै करारका रहेको र गाउँपालिकाले कर्मचारीको म्याद थप नगरेपछि स्वास्थ्य कार्यालय कर्मचारीविहीन भएको गाउँपालिकाले जनाएको छ।

कमेन्ट लोड गर्नुस