सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटी दुर्घटनाः मृत्यु भएका ३ जनाको सनाखत, उद्धार जारी

२०७५ वैशाख ८, ०५:१८

डोटीको शिखर नगरपालिकामा जिप दुर्घटना हुँदा एकै गाउँका ३ जनाको घटना स्थलमै मृत्यू भएको छ भने १६ जना गम्भिर घाईते भएका छन् । दिपायल बाट शिखर नगरपालिका ३ जोरागाउ जान लागेको ग १ ज ५२७५ नम्बरको महेन्द्रा बोलेरो जिप दुर्घटना हुँदा शिखर नगरपालिका ३ बस्ने ३२ बर्षकी कट्टी सार्की, सोही ठाउका १४ बर्षका सुरज भुल र ४० बर्षकी खिनतोली भुलको मृत्यू भएको ईलाका प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायब निरिक्षक दिलबहादुर कुँवरले जानकारी दिए। दुर्घटनामा घाईते भएका १६ जनाको दिपायल स्थित शैलेश्वरी अस्पतालमा उपचार भईरहेको छ। 
घाईते हुनेमा वडा नम्बर ३ का चुनादेवी भुल, सपना भुल, कैलाश भुल, शुरेश भुल, खिमा भुल, वली भुल, शंकर भुल, धौली भुल, नारु भ्ुल, अम्रित भुल, बाशु भुल र अर्जुन भुल रहेका छन्। त्यस्तै गरी वडा नम्बर ७ की झाकरी भुल पनि घाईते भएकि छिन्। दुर्घटनामा चालक २४ बर्षका भिम भुल, उनकी श्रीमती टिकरा भुल र २ बर्षिय छोरा अनुज भुल पनि घाईते भएका छन्। घाईते सबैको अवस्था गम्भिर रहेको प्रहरी नावय निरिक्षक कुँवरले जानकारी दिए।  उकालो मोडमा मोड्न नसक्दा जिप पल्टीएको उनले बताए।
 

कमेन्ट लोड गर्नुस