सुदूर नेपाललाई विश्वसँग जोड्दै

महाकालीको जलस्तर घट्यो, बनवासामा चल्न थाले सवारी

२०७९ साउन ५, १२:१३ खबर संवाददाता

कञ्चनपुरः महाकाली नदीमा पानीको जलस्तर घटेको छ। जलस्तर घटेपछि बिहीबार बिहानबाट शारदा ब्यारेज (बनवासा पुल) मा सवारीसाधन आवतजावत खुला गरिएको छ। हिजो नदीको बहाव बढेपछि भारतीय प्रशासनले चारपाङग्रे गाडीको आवतजावतमा रोक लगाएको थियो। 

इलाका प्रहरी कार्यालय गड्डाचौकीका इन्चार्ज बहादुर धामीका अनुसार दिउँसो ४ देखि राति ११ बजेसम्म गाडी आउजाउमा रोक लगाइएपनि आज बिहान ६ बजेबाट भने निर्वाध सञ्चालनमा आएका हुन्। महाकाली नदीमा बिहान ६ बजे ९५ हजार ८ सय ९१ क्यूसेक पानी मापन गरिएको छ। १ लाख क्यूसेक भन्दा बढी पानी भएमा पुलको सुरक्षाका लागि ठूला सवारीसाधन आवतजावत बन्द गरिन्छ।

'हिजो नदीमा पानीको बहाव एक लाख ३९ हजार ६ सय क्युसेक मापन गरिएको थियो,' इन्चार्ज धामीले भने, 'आज घटेपछि पुलमा कुनै अवरोध छैन।'

कमेन्ट लोड गर्नुस