कर्णाली नदीमा पानीको बहाव बढ्यो, सतर्क रहन अनुरोध
धनगढी: कर्णाली नदीमा पानीको बहाव बढेको छ। लगातरको वर्षाका कारण पानीको बहाव बढेपछि नदी आसपासका क्षेत्रमा सर्तकता अपनाउन बाजुराको जगन्नाथ गाउँपालिकाले अनुरोध गरेको हो।
लगातारको वर्षाले नदीमा पानिको बहाव बढेपछि स्थानीयलाई सचेत रहन आग्रह गरेको जगन्नाथ गाउँपालिकाले जनाएको छ। कर्णाली नदीमा पानीको बहाव बढदै गएपछि बाजुरा, हुम्ला, कालिकोट अछाम र सुर्खेतका कर्णाली नदी आसपासका क्षेत्रहरुमा जोखिम बढेको छ।