सनराइज बैंकद्वारा धनगढीको शिवपुरी धाममा डिजीटल बोर्ड स्थापना
धनगढी: सनराइज बैंक लिमिटेडले धनगढीको शिवपुरी धाममा डिजिटल बोर्ड स्थापना गरेको छ। सन्देशमुलक सूचना तथा तापक्रमबारे जानकारी दिन डिजिटल बोर्ड राखिएको हो। बुधबार बोर्ड राख्दै सनराइज बैंक लिमिटेडका सुदूरपश्चिम प्रदेश प्रमुख सुरेन्द्र साहीले बोर्डमा ‘मन्दिर क्षेत्र सफा राखौँ’ लगायतका विभिन्न सन्देशमुलक जानकारी, तापक्रम र समय हेर्न मिल्ने बताए।
उक्त बोर्ड वडा नम्बर ४ का अध्यक्ष बुद्धी खड्का र शिवपुरीधामका व्यववस्थापन समिति अध्यक्ष बलदेव भट्टलाई हस्तान्तरण गरिएको सनराइज बैंक धनगढीका शाखा प्रवन्धक राजु शर्माले बताए। उनले कैलालीकै घोडाघोडी, डडेल्धुराको उग्रतारा र दार्चुलाको जिल्ला अस्पतालमा समेत डिजिटल बोर्ड राखिएको जानकारी दिए।