सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको नवजीवन अस्पतालले मेघा बैंकका सेवाग्राहीलाई उपचारमा छुट दिने

२०७९ साउन ४, ०२:४५ खबर संवाददाता

धनगढीः धनगढीको नवजीवन अस्पतालले मेघा बैंक धनगढी शाखाका कर्मचारी र सेवाग्राहीलाई उपचारमा छुट दिने भएको छ। आज (बुधबार) नवजीवन अस्पताल र मेघा बैंकबीच उपचार लगायतका सेवामा छुट दिने सम्झौता गरिएको हो। 

नवजीवन अस्पतालका अनुसार मेघा बैंकमा खाता, डेबिट वा क्रेडिट कार्ड भएका सेवाग्राहीहरूले सेवा लिन आउँदा बैंकको निशा प्रमाण पेस गरेको अवस्थामा छुट सेवा दिइने बताएको छ। अस्पतालले ओपिडी टिकटमा १० प्रतिशत, ओटी शल्यक्रियामा १२ प्रतिशत, बेडमा १० प्रतिशत, आइसियुमा १४ प्रतिशत, ल्यावमा १४ प्रतिशत र एक्सरेमा १४ प्रतिशत छुट दिइने जनाएको छ।

कमेन्ट लोड गर्नुस