सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा बाढीले २ घर बगायो, २३ जनाको उद्दार

२०७९ साउन ४, ०२:०१ खबर संवाददाता

धनगढीः बाजुरामा मंगरबार राति परेको अविरल वर्षाका कारण बाढी आएपछि २  घर बगाएको छ भने २ घर उच्च जोखिममा रहेका छन्। जिल्लाको बुढीगंगा नदीमा आएको बाढीले घर बगाएको हो। 

बडिमालिका नगरपालिका २ भौनेरामा घर बगाउँदा चार परिवार नै विस्थापित भएका छन्। प्रहरीका अनुसार स्थानीय लक्ष्मी पण्डित र चन्द्रराज पण्डितको घर पूर्ण रूपमा बगाएको छ भने अम्मराज पण्डित र तर्कराज पण्डितको आधा बगाएको छ। यस्तै नेपाल प्रहरी, नेपाली सेना सशस्त्र प्रहरीको टोली घटनास्थलमा उद्धार र विस्थापित  परिवारलाई सुरक्षित ठाउँमा सार्न खटिएको छ। 

चार परिवारका २३ जना परिवारको उद्धार गरिएको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस