नेपालमा बढ्यो कोरोना संक्रमण: ४५७ संक्रमित थपिए, एक जनाको मृत्यु
२०७९ साउन २, ०५:३८
काठमाडौं: नेपालमा थप ४ सय ५७ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ। ४ हजार ६५१ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ३८६ तथा एन्टिजेन विधिबाट ७१ जनामा सङ्क्रमण पुष्टि भएको हो।
त्यस्तै थप १ जना कोरोना संक्रमितको पनि मृत्यु भएको छ। योसँगै नेपालमा कोभिड–१९ को सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ९५४ पुगेको छ। नेपालमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ७७६ पुगेको छ ।
कमेन्ट लोड गर्नुस