सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको बडीमालिकाले करार कर्मचारीको अवधि थप्यो

२०७९ साउन २, ११:४५ खबर संवाददाता

बाजुरा: बाजुराको बडीमालिका नगरपालिकामा कार्यरत करारका कर्मचारीको नविकरण गरिएको छ। कार्यपालिकाको निर्णय अनुसार १ सय २० कर्मचारीको अवधि थप गरेको  नगरपालिकाका प्रवक्ता धर्मराज पाध्यायले जानकारी दिएका छन्।

साउन १ देखि लागू हुनेगरी नगरपालिकाको कार्यालय र विभिन्न वडामा कार्यरत सबै करार कर्मचारीको अवधि ३ महिना थप गरेको नगर प्रमुख अमर खड्काले बताए। देशभरका कतिपय स्थानीय तहमा विगतका वर्षदेखि कार्यरत करार कर्मचारीको म्याद थपिएको छैन। 

कमेन्ट लोड गर्नुस