सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा सुस्तमनस्थिति भएकी युवतीमाथि बलात्कार, दुइ जना समातिए

फाइल फोटो
फाइल फोटो
२०७९ साउन १, ०१:३० खबर संवाददाता

धनगढीः बैतडीमा सुस्तमनस्थिति भएकी एक युवतीमाथि बलात्कार गरेको आरोपमा दुइ जना पक्राउ परेका छन्। जिल्लाको दोगडाकेदार गाउँपालिका-४ मा २० वर्षीया अपांग युवतीमाथि बलात्कार आरोपमा उनीलाई पक्राउ गरिएको हो। 

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार पक्राउ पर्नेमा सोही ठाउँका गोपिराम चुनारा र ललितराम चुनारा रहेका छन्। पीडित युवतीले प्रहरीमा जाहेरी दिएपछि उनीहरुलाई समातिएको थियो। अहिले उनीहरु दुवै जनालाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस