सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट एक युवती घाइते 

फाइल फोटो
फाइल फोटो
२०७९ साउन १, ०८:१२ खबर संवाददाता

धनगढी: कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट एक युवती घाइते भएकी छिन्। प्रहरीका अनुसार शनिबार साँँझ जिल्लाको भीमदत्त नगरपालिका-६ वनगाउँ चौराहामा साइकलमा यात्रा गरिरहेकी युवतीलाई सुपप्र ०२ ००३ प ९८२४ नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो।

मोटरसाइकलको ठक्करबाट घाइते भएकी भीमदत्त-६ की २५ वर्षीया कुसुम अवस्थीलाई स्थानीय मेडिकलमा सामान्य उपचारपश्चात धनगढीस्थित माया मेट्रो अस्पताल ल्याइएको प्रहरीले बताएको छ। मोटरसाइकल चालक भीमदत्त-१७ का १७ वर्षीय भैरव जोशीलाई नियन्त्रणमा लिइएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। 

कमेन्ट लोड गर्नुस