सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको बेलौरी साक्षर पालिका घोषणा

२०७९ असार ३२, ०६:१६ खबर संवाददाता

धनगढी: कञ्चनपुरको बेलौरी नगरपालिका साक्षर पालिका घोषणा भएको छ। शुक्रबार एक कार्यक्रमबीच नगरपालिकालाई साक्षर घोषणा गरिएको हो।

नेपाल सरकारको स्वीकृत 'साक्षर नेपाल कार्यक्रम' अन्तर्गत १५ वर्ष देखि ६० वर्ष उमेर समूहका नागरिकहरूको साक्षरता दर नगरपालिकाभरिमा ९६.८३ प्रतिशत पुगेको बताइएको छ। राष्ट्रभाषा वा मातृभाषाका वर्णका अक्षरको पढाइ र लेखाइ गर्न सक्ने, मूल्य सूचि र बिलको पढाइ, मोबाइल र क्यालकुलेटरका अङ्क र अक्षर चिनेर प्रयोग गर्न जान्ने लगायतका मापदण्डका आधारमा व्यक्तिलाई साक्षर मानिएको बताइएको छ।

२०७६ सालभित्र देशका सबै जिल्ला नै पूर्ण साक्षर घोषणा गरी नेपाललाई नै साक्षर देश घोषणा गर्ने लक्ष्य नेपाल सरकारको रहे पनि कोभिड १९ को महामारीका कारण कार्यक्रम प्रभावित भएको थियो।

कमेन्ट लोड गर्नुस