सुदूर नेपाललाई विश्वसँग जोड्दै

महेन्द्रनगरमा लागुऔषधसहित एक युवती पक्राउ

२०७९ असार ३१, ०३:१५ खबर संवाददाता

धनगढीः कञ्चनपुरमा लागुऔषधसहित एक युवतीलाई पक्राउ गरिएको छ। बिहीबार जिल्लाको भीमदत्त नगरपालिका १८ कटानबाट प्रहरीले युवतीलाई पक्राउ गरेको हो। 

प्रहरीका अनुसार पक्राउ पर्नेमा भीमदत्त नगरपालिकन २ उल्टाखामकी ३२ वर्षीया मानमति बिक रहेकी छन्। उनको साथबाट ९० थान ब्युप्रोफिन एम्पुल, ९४ थान फेर्नागन एम्पुल र २ थान डाईजेल्याप एम्पुल गरी जम्मा १८६ थान लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस