सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा एक पुरुष मृत फेला, घण्टेश्वर बजार जान्छु भनेका थिए

फाइल फोटो
फाइल फोटो
२०७९ असार ३१, १२:५४ खबर संवाददाता

धनगढीः डोटीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्लाको जोरायल गाउँपालिका १ खडेना बस्ने ४५ वर्षीय मेक बहादुर कामी मृत फेला परेका हुन्। उनी सोही गाउँपालिका १ स्थित घोराडी भिरबाट करिब ७ सय मिटर तल बिहीबार मृत फेला परेको प्रहरीले जानकारी दिएको छ। 

उनी घरबाट बुधबार घण्टेश्वर बजार जान्छु भनेर हिँडेका थिए। तर, फर्केर नआएपछि खोजी गर्ने क्रममा उक्त भिरमा उनको शव फेला परेको हो। यस्तै घटनाको थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस