८ सय रुपैयाँले घट्यो सुनको मूल्य
२०७९ असार ३१, ११:१७
काठमाडौं: शुक्रबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको छ। आज सुनको मूल्य ९३ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।
यस्तै, चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले घटेर १ हजार १४५ रुपैयाँमा कारोबार भइरहेको छ।
कमेन्ट लोड गर्नुस